
उनीहरुले यस दिनलाई नयाँवर्षकोरुपमा मनाउने गर्दछन् ।
नेपालको उच्च पहाडी र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा र भोटे समुदायले ग्याल्बो ल्होसार नयाँवर्षकारुपमा विशेष खुसीका साथ मनाउने गर्दछन् ।
सोनाम ल्होसारको दिन राखिएको गहुँको जमरा एक महिनापछि अर्थात् ग्याल्बो ल्होसारका दिन भगवान बुद्धलाई चढाएर ग्रहण गर्ने र गहुँबाटै बनेका परिकार खाने चलन रहेको छ । यस अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा पनि दिएको थियो ।
यस्तै, तामाङ समुदायले पनि शुक्रबारै ल्होसार पर्व मनाएका छन् । गत महिना ल्होसार नमनाएका तामाङ समुदायले शुक्रबार ल्होसार मनाएका हुन् ।
राजधानीमा पनि विभिन्न कार्यक्रम गरी ल्होसार पर्व मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्