
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत् दुई वर्षमा सबैका घरघरमा विद्युत् पुर्याइने तथा पाँच वर्षभित्र अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरिने, प्रदेशका सबै स्थानीय तह र केन्द्रसँग सडक पहुँच विस्तारका साथै अन्तर्राष्ट्रियस्तरको खेलमैदान निर्माण गरिने बताउँदै अर्बुद, मुटु र मिर्गाैला रोगको उपचार केन्द्र स्थापना गरी सन्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन, विभिन्न जाति–जनजातिको पहिचान झल्किने गरी बहुसाँस्कृतिक ग्राम स्थापना तथा सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्न विद्युतीय सुशासनमा जोड दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेशसभा कार्यविभाजन नियमावली २०७४ र प्रदेशसभा कार्यसम्पादन नियमावली २०७४ स्वीकृत भएको छ ।
बैठकले उद्योगमन्त्री बस्नेतलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
बैठकले नेपालको लोकतान्त्रिक जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका सहिदप्रति सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्