
नेपालगन्जको कभर्डहलमा जारी प्रतियोगिताअन्तर्गत् शुक्रबार भएको खेलमा पुलिसले भारत देहरादुनको टिमलाई २५–१, २५–१४ र २५–१७ ले पराजित गरेको हो ।
खेलमा पुलिसकी कामना विष्ट ‘वुमन अफ दी म्याच’ घोषित भइन् ।
शुक्रबारै भएको अर्को खेलमा बंगलादेशको इफाटले घरेलु टिम न्यू इन्द्रेणी बागेश्वरी युथ क्लबलाई २७–२५, २५–२२ र २६–२४ ले हरायो । इफाटकी इसु ‘वुमन अफ दी म्याच’ घोषित भइन् ।
फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, शिवम न्यू डायमन्ड, आयोजक टिम, बंगलादेशको इफाट र भारत देहरादुनको सहभागिता रहेको छ ।
लिग कम नकआउटको आधारमा सन्चालित प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्