१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पर्यटन क्षेत्रको विकासका लागि ताल निर्माण


0
Shares

पाँचथर, फागुन ५ । पाँचथरको मिक्लाजुङ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ताल निर्माण गरिएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नम्वर ७ लेक गाउँस्थित लिम्वा गोधुला भोजुला सिमसार क्षेत्रलाई सफा गरी दुई तिरवाट ड्याम निर्माण गरी ताल बनाइएको हो ।

करिब ४ सय मिटर लामो यो ताल निर्माणमा स्थानीयको २० प्रतिशत र मेची पहाडी पर्यटन पूर्वाधार विकास समितिको ८० प्रतिशत गरी कूल १२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

यो क्षेत्रमा तालसँगै सिजनमा गुराँस, विभिन्न प्रजातिका वनस्पतीसहित २८०० मिटरको उचाइमा रहेको मिक्लाजुङ डाँडाबाट बिभिन्न हिमाल, पहाडी तथा तराईको विभिन्न भूभाग र सूर्योदयको मनोरम दृष्य हेर्न सकिन्छ ।