
प्रतियोगिताकोे उद्घाटन खेलमा मनाङ–मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गर्यो ।
खेलको २९औं मिनेटमा सुजल श्रेष्ठले पेनाल्टीमार्फत् गरेको एकमात्र गोल नै मनाङको जितमा निर्णायक बनेको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ मनाङका अन्जन विष्ट घोषित भए ।
प्रतियोगितामा मनाङ, सशस्त्रसहित संकटा क्लब, थ्रीस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौंडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरी ८ टिमको सहभागिता रहेको छ ।
फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत् आइतबार विजय युथ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्