२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न : नेपाल


0
Shares

पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् ।

रौतहटको गौरस्थित आफ्नै निवासमा सोमबार पत्रकारसँग कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताए ।

नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आएपनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे । नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उनको भनाइ थियो । रासस