१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सरकारमा माओवादी सहभागी हुने, बिहीबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी


0
Shares

एमाले र माओवादीबीच गएराति अबेर सात बुँदे सहमति भएपछि माओवादीलाई सरकारमा जान बाटो खुलेको हो । माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीले बिहीबारसम्म केही नेतालाई सरकारमा पठाउनेछ ।

यद्यपि, मन्त्रालय भागवण्डाबारे दुई दलबीच छलफल हुन बाँकी नै छ ।

पार्टी एकताबारे सहमति नभएपछि माओवादीले केपी ओली प्रधानमन्त्रीको रुपमा शपथ लिँदा आफ्ना नेताहरुलाई मन्त्रिपरिषद्मा पठाएको थिएन । यसैकारण प्रधानमन्त्री ओलीले आफ्नै पार्टीबाट लालबाबु पण्डित र थममाया थापालाई मात्रै मन्त्रीमा नियुक्त गरेका थिए ।