
ताजा तरकारी उत्पादनको बलियो सम्भावना बोकेको सो वडामा घर–घरमा करेसाबारी र भान्सा–भान्सामा ताजा तरकारी पुर्याएर नागरिकको स्वास्थ्य सबल बनाउने गाउँपालिकाको उद्देश्य छ ।
यो उद्देश्य पुरा गर्नका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट खर्च गर्न लागिएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी अरुणले बताए । उनले भने, ‘तरकारी खेतीको प्रशस्त सम्भावना रहेको यस वडामा किसानहरुलार्इ तरकारी खेतीतर्फ प्रोत्साहन गर्दै घर–घरमा करेसाबारी निर्माण गर्न हामी पर्याप्त सहयोग गर्नेछौँ ।’
गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ नम्बर वडाका खेतीयोग्य जमिनलार्इ सिंचार्इ सुविधा पुर्याउनका लागि २४ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । अध्यक्ष केसीले भने, ‘यो रकमले कुलो निर्माण गरि खेतबारीसम्म पानी ल्याइने छ ।’
यस्तै करेसाबारी निर्माणका लागि किसान समूहमार्फत ६ लाख ५० हजार रुपैयाँ पनि यो वर्ष नै अनुदान दिन लागिएको वडा नम्बर ३ का अध्यक्ष सेतिराम रोकाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय महिलाहरु कृषक समूह गठन गरेर ताजा तरकारी उत्पादनमा लागेका छन् । उनीहरुलार्इ थप प्रोत्साहन गर्दै विभिन्न कृषि औजार, उन्नत बीउ उपलब्ध गराइने अध्यक्ष रोकाले प्रतिवद्धता जनाए । किसानहरुको उत्पादनलार्इ बजारिकरणका लागि यस वर्ष कृषि सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ । यसका लागि १८ लाख रुपैयाँ छुट्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै तरकारी संकलनका लागि फारुलाचौरमा तरकारी संकलन केन्द्र पनि निर्माण गरिएको छ ।
किसानहरुलार्इ ताजा र अर्ग्यानिक तरकारी उत्पादन गर्न लगाइ उनीहरुको पोषण स्थितिमा सुधार गर्ने, व्यवसायिक किसान बनाएर आर्थिक अवस्था उकास्ने र समग्र गाउँपालिकालार्इ समृद्ध बनाउने दिशातर्फ आफुहरु खटिरहेको गाउँपालिका अध्यक्ष केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्