२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता


0
Shares

खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा मंगलबार भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा उपमन्त्री झाउले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे राखेको जिज्ञासामा अध्यक्ष दाहालले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि दुवै पार्टी एकताको निर्णयमा पुगेको बताएको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष दाहालले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यका साथ सुरु भएको यस एकताले नेपाली विशेषताअनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्नेमा जोड दिएको बताइएको छ ।

चिनियाँ उपमन्त्री झाउले दुई पार्टीबीचको एकीकरणमा स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्नेसक्ने बताएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारका तर्फबाट चीन सरकारसँग यसअघि भएका सहमति तथा सम्झौता व्यवहारमा रुपान्तरित हुने विश्वास व्यक्त गदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्‍याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा पनि सहयोगका क्षेत्र विस्तार गर्दै जाने चिनियाँ उपमन्त्री झाउले बताएका थिए ।

उनले अध्यक्ष दाहालाई चिनियाँ राष्ट्रपतिले लेखेको पुस्तक ‘द गभर्नेन्स अफ चाइना–२’ हस्तान्तरण गरेका थिए । रासस