२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मनाङलाई हराउँदै आर्मी उपाधिनजिक


0
Shares

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो ।

आर्मीको जितमा खेलको ९०औं मिनेटमा जर्जप्रिन्स कार्कीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका डिफेन्डर बिमल पाण्डे घोषित भए । उनले पाँच हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् बिहीबार नेपाल पुलिस क्लब र संकटा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

८ टिमले सहभागिता जनाएको फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले जनाएको छ ।