५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु


0
Shares

बिराज रोस्यारा

कैलाली, मंसिर १७ । कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गएराति टीकापुर नगरपालिका वडा नम्बर ७ खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा २ जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार लु७३प १९९० नम्बरको मोटर साईकलले डन्लपलाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक घाईते भएका छन् भने पछाडि सवार दुई जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा टीकापुर नगरपालिका–७ बैदीका २३ वर्षीय दिवानन्द कोइराला र २२ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ । मोटरसाईकल सवार १८ वर्षीय पवन पाण्डेको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

उता टीकापुर नगरपालिका वडा नम्बर २ बन्दीपुरमा रोकेर राखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । से६प १९४१ नम्बरको मोटरसाईलले सडकमा रोकेर राखेको से१त २९१४ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिदा टीकापुर नगरपालिका–४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडि सवार २३ वर्षीय महेन्द्र चौधरीको टिकापुर अस्पतालमा उपचार भईरहेको छ ।