६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

दमौली, मंसिर १७ । बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग१ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् । गन्धर्वको शव दमौली अस्पतालमा राखिएको छ । (रासस)