प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता सकिएलगत्तै पार्टी एकताका सम्बन्धमा आवश्यक दस्तावेज तयार गर्न गठित विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमै बसेको सो बैठकमा मन्त्रालय भागवण्डालगायतका विषयमा छलफल हुने जनाइएको छ ।
कुन दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा उनीहरुबीचको छलफलले निष्कर्ष निकालेमा सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुनेछ ।
यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । त्यसयता दुवै दल केन्द्र सरकारमा रहने मन्त्रालयको टुंगो लगाउन र मन्त्रालय भागवण्डामा व्यस्त रहँदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्