
बिहीबार भएको खेलमा भरतपुर फुटबल क्लब (बीएफसी)लाई १–० ले पराजित गर्दै सशस्त्र अन्तिम आठमा पुगेको हो ।
सशस्त्रको जितमा खेलको १०औं मिनेटमा श्याम नेपालीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार मनाङ–मर्स्याङ्दी क्लब र सुदूरपश्चिम–११ बीच खेल हुने आयोजकले जनाएको छ ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्