६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एशिया प्यासिफिक सम्मेलन समापन


0
Shares

काठमाडौं, मंसिर १६ । ८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एशिया प्यासिफिक सम्मेलन समापन गरिएको छ ।

समापन सत्रमा नेपालका लागि भारतका पूर्वराजदुत कृष्ण भी राजनले ८ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए । समापन सत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, विकास र एसिया प्रशान्त क्षेत्रका साझा समस्या समाधानका लागि सामुहिक पहलको आवश्यकता रहेको बताए ।

त्यसअघि शान्ति योजना विषयक सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका राजनीतिक दलका शीर्ष नेताहरुको दिगो शान्ति र विकासप्रतिको दृढ इच्छाशक्तिको कारण बाह्य मुलुकको सहयोगबिना नै शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउन सफल भएको जिकिर गरे ।

आयोजक संस्था युनिर्भसल पीस फेडेरेशनका अनुसार सम्मेलनमा विभिन्न १५ मुलुकका १५ सय जना सहभागी भएका थिए । सम्मेलनको उद्घाटन शनिबार प्रधानमन्त्री केपीशर्मा ओलीले गरेका थिए ।