
काठमाडौं, मंसिर १६ । सरकारले निजामती कर्मचारी समायोजन सम्बन्धी अध्यादेश ल्याउने अन्तिम तयारी गरेको छ ।
संसदको राज्य व्यवस्था समितिका सदस्यहरुले संसद छलेर अध्यादेश ल्याउन खोजिएकोप्रति प्रश्न उठाएपछि समितिका सदस्यहरुका सुझावलाई समेत समेटेर अध्यादेश ल्याउने तयारी सरकारले गरेको हो ।
सामान्य प्रशासन मन्त्रालयले आज दिनभर सरोकालवाला मन्त्रालय र निकायहरुसँग परामर्श गरी कर्मचारी समायोजन सम्बन्धी अध्यदेशलाई अन्तिम रुप दिएको मन्त्रालय स्रोतले जनाएको छ । कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउँदा उनिहरुको योग्यता र क्षमताको आधारमा एक तह ग्रेड बढुवा गर्नेगरी अध्यादेश बनाएको छ ।
त्यस्तै कर्मचारीको स्वेच्छिक अवकास नदिईने व्यवस्था गरिएको छ भने स्थानीय तह र प्रदेश तहलाई कर्मचारी भर्नाको बाटो खोल्ने गरी समायोजन अध्यादेश ल्याइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्