Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने


0
Shares

उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रसारणलाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो ।

मध्यमर्स्याङ्दीदेखि तल्लो मर्स्याङ्दीसम्मको १३२ केभी प्रसारणलाइनको दोस्रो सर्किटको टावर नम्बर–२ देखि टावर नम्बर–१ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले जानकारी दिए ।

दुई दिनका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

दुई दिनसम्म विद्युत् बन्द हुँदा लमजुङको सम्पूर्ण भू–भाग र तनहुँको बाइसजाँगर, मानेचौका, रुपाकोटलगायतका उपभोक्ता प्रभावित हुनेछन् । रासस