२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तेस्रो हिमाली महोत्सव राजधानीमा सुरु


0
Shares

मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताए ।

बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन स्वदेशी कृषिउपजको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।

वन तथा भू–सरंक्षण मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले हिमाली क्षेत्रको कृषि, पशु, वन, जडिबुटीजन्य उत्पादनले आर्थिक समृद्धि हासिल गर्न मद्दत पुर्‍याउने भन्दै यसको उपयोगमा जोड दिए ।

हिमाली क्षेत्रको उत्पादनले व्यापार घाटा कम गर्ने एवं निर्यातमुखी व्यापारको प्रवद्र्धन गर्ने उनको भनाइ थियो ।

उनले सातओटै प्रदेशमा वनजन्य उत्पादनको उद्योग स्थापना गरिनुपर्ने पनि बताए ।

तीनदिने प्रदर्शनीमा १० हिमाली जिल्लाका याक, चीज, छुर्पी, राडीपाखी, केशर, तोरा जुसलगायतका सामाग्री राखिएका छन् ।

स्थानीय बासिन्दाको आयस्तरमा वृद्धि गरी जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जनाइएको छ ।