२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वैदेशिक रोजगार कार्यालयमा टोकन प्रणाली सुरु


0
Shares

काठमाडौं, मंसिर १६ । वैदेशिक रोजगार कार्यालयले आजबाट अनलाईन टोकन प्रणाली शुरु गरेको छ ।

वैदेशिक रोजगारीमा जानेहरुको भीड व्यवस्थापन गरी श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउन अनलाईन प्रणाली शुरु गरिएको हो । यो प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेहरुले फाराम भर्दा नै टोकन नम्बर प्राप्त गर्दछन् ।

सो टोकन नम्बरमैै श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागज प्रमाणीकरणको लागि कार्यालय आउने समय र मिति तोकिएको हुन्छ । सो फाराम प्राप्त गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईएमएस) मा गई फारम भर्नुपर्ने हुन्छ ।