
रसुवा । पहिरो गएको डेढ दशकपछि पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको राम्चेमा भौगर्भिक अध्ययन सुरु भएकोे छ ।
सिँचाइ विभाग पहिरो महाशाखाअन्तर्गत जिओसी नेपालले राम्चेको भौगर्भिक अध्ययन सुरु गरेको हो ।
हरेक वर्ष वर्षात्को समयमा पहिरो गई सडक अबरुद्घ हुने र कतिपय वर्ष महिनौं दिनसम्म यातायातसमेत सुचारु गर्न नसकिने यो स्थानको भित्रिभागको अवस्था बारेमा अध्ययन गरिने र ईन्जिनियरिङ डिजाईन तयार गरी विभागमा बझाइने भूगर्भविद् अशोक सिग्देलले जानकारी दिए ।
२०७२ सालको भूकम्पअघि र त्यसपछि धेरै स्थानमा पहिरो गई धनजनको क्षति भएकाले पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाकै ग्राङ र मूलखर्कसँगै रुसुवाका अन्य स्थानमा पनि भौगर्भिक अध्ययन गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
भौगर्भिक अध्ययन नहुँदा एसियाली विकास बैंकको सहयोगमा करिब आठ किलो मिटर सडक कालोपत्रे गर्ने कामसमेत रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्