कन्चनपुर । कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् ।
उनी कहिलेकाहीं भाईलाई पनि नकुरेन एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन् । विद्यालय जाने बाटो बदलेका उनी अचेल सो पुल तरेपछि बायाँतिर हुँदै घुमेर विद्यालय जान्छिन् ।
उखुबारीदेखि करिब ५० मिटर पछाडी उनको घर छ । ‘उखुबारीछेउ अघिबाट हिंड्दा अर्कैअर्कै लाग्छ । सँगै भाइ हुँदा पनि डर लागेजस्तो हुन्छ, लक्ष्मीले भनिन्, ‘निर्मलाको शव उखुबारीमा भेटेपछि डरले पहिला हिंड्ने बाटो छोडेर अर्कै बाटो भएर विद्यालय आउजाउ गर्छौं ।’
यसैगरी भीमदत्त नगरपालिका–२ कि कक्षा ९ मा पढ्ने जानकी भट्ट पनि उखुबारीछेउको सडक भएर बजार जान छाडेकी छन् । पहिला निर्धक्कसँग बजार आउनेजाने बाटोमा हिंडन अहिले डर लाग्ने गरेको उनी बताउँछिन् । -नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्