Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एसिया प्यासिफिक समिटः चर्चको प्रशंसा, हानको सम्मान


0
Shares

काठमाडौं । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान(म्याडम मुन)को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरुले ‘एसिया प्यासिफिक समिट’को शनिबार उद्घाटन गरेका छन् । 

सम्मेलन ‘म्याडम मुन’र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभाभी भएन् । ‘धर्म प्रचार गर्ने एउटा संस्थाान सरकार सहआयोजक हुनु दुःखद् हो, यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको छ,’कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘त्यसैले हामी यसमा गएनौं, जानु उचित पनि थिएन ।’

यही आशंकाले आफूहरु सम्मेलनमा सहभागी नहुने संस्थागत निर्णय नै गरेको कांग्रेसले जनाएको छ । उदघाटन समारोहका सबैजसो बक्ताले इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकको प्रशंसा गरे । 

‘उहाँको अनुहारको कान्ति हेर्नुस, कस्तो चम छ !’ भारतीय जनता पार्टीका नेता विजय जोलीले हानलाई सम्बोधन गर्दै भने,‘उहाँ साक्षात शान्तिको दूत हुनुहुन्छ, यो संसारलाई उहाँको जन्मले पवित्र पारेको छ । एकपटक हामी सबै उहाँको सम्मानमा उठौं ।’ -कान्तिपुर दैनिकबाट