Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


१८ बुँदे धादिङ घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला सम्पन्न


0
Shares

धादिङ, मंसिर १५ । १८ बुँदे धादिङ घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

धादिङबेसीमा शुक्रबारदेखि सुरु भएको भेला देशको समसामयिक राजनीति र पार्टीको आगामी महासमिति बैठकबाट हुने विधान संशोधनको सम्बन्धमा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो ।

लोकतान्त्रिक संस्कार र विधिविपरीत न्यायपालिकालगायत व्यावसायिक क्षेत्रमा गरिएको हस्तक्षेप, दन्डहीनता, कालोबजारी अन्त्यका लागि सशक्त आवाज उठाउने पनि भेलाले निर्णय गरेको छ ।

त्यस्तै, विधान संशोधनका विषयमा पार्टीको कोष संकलन र संचालनलाई थप व्यवस्थित र पारदर्शी बनाइ पार्टीको सबै तहमा आपत्कालीन कोष स्थापना गरी ‘लेवी’ रकमको ३० प्रशित कोषमा राख्न सुझाव दिइएको छ ।

पार्टीमा निरन्तर क्रियाशील रहेको प्रमाणसहित आवेदन दिएपछिमात्रै क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था प्रारम्भ गर्नुपर्ने भेलाको सुझाव रहेको छ ।