
काठमाडौं, मंसिर १५ । एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन शनिबार स्वदेश फर्किएका छन् ।
उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।
सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन यही मंसिर १३ गते काठमाडौं आएका थिए ।
शनिबारदेखि सुरु भएको सम्मेलन मंसिर १६ गतेसम्म चल्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्