
मंगलबार झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित सिक्किम युनाइटेड भारत गरी १० टिम सहभागी छन् ।
विजेता टिमले १२ लाख ५१ हजार तथा उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल पाउने जनाइएको छ ।
खेल हेर्न दर्शकका लागि ४ हजार क्षमता भएको बाँसको प्यारापिट निर्माण गरिएको छ ।
फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् ।
प्रतियोगिता आयोजना गर्न करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्