३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


श्रीदेवीको मृत्युबारे विवाद


0
Shares

दुबईको अस्पतालले पोस्टमार्टम् रिपोर्टमा ‘मृत्यु स्वाभाविकरुपमा भएको होइन’ भनेर दिएको भन्दै भारतीय सन्चारमाध्यमले उनको हत्या भएको हुनसक्ने आशंकासहितका समाचार प्रकाशन/प्रशारण गरेका छन् ।

उनको मृत्युको कारण हृदयाघात, बाथटबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन् ।

यसैबीच, श्रीदेवीको पार्थिक शरीरलाई मंगलबार पनि भारत ल्याइएको छैन । कतिपय समाचारमा उनले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइएपनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी सेवन नगर्ने गरेको बताएका छन् ।

साथै, श्रीदेवीका श्रीमान् बोनी कपुरलाई दुबई प्रहरीले सोधपुछ गर्ने भारतीय सन्चारमाध्यमले जानकारी दिइरहेका छन् ।

यद्यपि, सोमबार दुबई सरकारले श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथटब’मा डुबेर भएको जानकारी गराएको छ ।

सोमबार नै मुम्बईबाट दुबई ल्याइने भनिएको श्रीदेवीको शव यस्तै अन्योलको स्थितिका कारण मंगलबार पनि ल्याउन सकिएको छैन ।

उनको पार्थिक शरीरलाई मुम्बई ल्याइ श्रद्धाञ्जलि दिन सिने जगतलगायतका उनका हजारौं समर्थक मुम्बईमा पर्खाइमा रहेका छन् ।

चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति मृत्यु भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएकाबेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको जनाइएको थियो । रासस/एएफपी