Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


संसदीय दलको नेतामा देउवाको उम्मेदवारी घोषणा, सिंहले भने–‘म बन्छु’


0
Shares

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले होली पर्वको अवसर पारेर बुधबार आफ्नै निवास टोखामा गरेको चियापानमा देउवाले पार्टी सभापति आफू भएकाले संसदीय दलको नेता पनि आफैं बन्ने दाबी गरेका हुन् ।

उनले फागुन २१ गते हुने संसदीय दलको निर्वाचनमा आफूले उम्मेदवारी दिने घोषणा गरे ।

संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दाबी गर्दै आएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सर्वसम्मतको अवस्था नरहेको भन्दै संसदीय दलमा आफ्नो उम्मेदवारी दाबी रहेको बताए ।

उनले नेतृत्वको कमजोरीले पार्टीको अवस्था खुम्चेको भन्दै अब संसदीय दलको नेतृत्व आफूले लिने बताए ।

नेपाली कांग्रेसको आगामी रणनीति तय गर्न र संसदीय दलको नेतामा सर्वसम्मतको वातावरण बनाउन आयोजना गरिएको चियापानमा महामन्त्री कोइरालाले भने सर्वसम्मत् नेता चयन गर्न आफ्नो भूमिका हुने बताए ।

उनले संसदीय दलको नेतामा सर्वसम्मत् भए आफूपनि इच्छुक रहेको बताए ।

महामन्त्री कोइरालाले राखेको चियापान कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका अरु नेता पनि सहभागी थिए ।