२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कर्मचारी किन गएनन् प्रदेश ? (भिडियो रिपोर्ट)


0
Shares

सातै प्रदेशमा १५ सय ५ कर्मचारी हाजिर भइसक्नुपर्नेमा अहिलेसम्म करिब ६०० कर्मचारीमात्र हाजिर भएका छन् ।

सरकारले प्रदेश सरकारका लागि प्रत्येक प्रदेशमा २१५ जनाका दरले दरबन्दी सिर्जना गरी कर्मचारीलाई खटाएकोे थियो । तर, सरकारले खटाएका सबै कर्मचारीहरु प्रदेशमा पुगेका छैनन् ।

प्रयाप्त कर्मचारी नहुँदा काम गर्न नसकिएको गुनासोसमेत आउन थालिसकेको छ ।

सामान्य प्रशासन मन्त्रालयले लेखा, कानुन र परराष्ट्रबाहेकका कर्मचारी प्रदेशमा खटाइसकेको छ । ती तीन निकायले पनि कर्मचारी खटाएका छन् । तर, उनीहरु पनि गएका छैनन् ।

सामान्य प्रशासन मन्त्रालयले खटाएका कर्मचारीमध्ये नै लगभग ५०० कर्मचारी अझैपनि सम्बन्धित कार्यालय पुगेका छैनन् ।

रमनापत्र बुझेर पनि ३१७ कर्मचारी कार्यालय पुगेका छैनन् भने ८४ जना कर्मचारी सरुवाको पत्रै बुझ्न आएका छैनन् ।

सामान्य प्रशासन मन्त्रालय प्रशासन सुधार महाशाखाका सहसचिव नीता पोखरेल अर्याल कर्मचारीहरु अहिले कार्यालयमा हाजिर गर्न जान थालेको बताउँछिन् ।

कर्मचारी जान केही ढिला हुनु स्वाभाविक भएको भन्दै करिब ५४ प्रतिशत कर्मचारी सम्बन्धित कार्यलयमा हाजिर भइसकेको उनको भनाइ छ ।

कर्मचारीहरु यसलाई नै समायोजन ठानी नगएको हुनसक्ने स्थित छ । कतिपयको पारिवारिक समस्या पनि छ ।

तर, कर्मचारी समायोजनका लागि अझैपनि ‘ओएनएम’ नसकिएकाले यो अन्तरिम व्यवस्थामात्र भएको सामान्य प्रशासन मन्त्रालयको भनाइ छ ।

सहसचिव पोखरेल अबको १५ दिनभित्रै सबै प्रदेशमा कर्मचारी पुगिसक्ने बताउँछिन् ।

भिडियो हेर्नुहोस्