
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलाको ५७ हजार ८०० मा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय २१ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्