२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनसरीमा पिकअपले ट्याम्पुलाई ठक्कर दिंदा एकजनाको मृत्यु


0
Shares

दुहवी नगरपालिका ८ मा पिकअपले ट्याम्पुलाई ठक्कर दिंदा ट्याम्पुमा सवार इटहरी उपमहानगरपालिका ५ बस्न ३० वर्षीय अनुज भुजलेको उपचारका क्रमममा मृत्यु भएको छ ।

राति करिब ८ बजेतिर बा८च ४०५५ नम्बरको पिकअपले को१ह ७११ नम्बरको ट्याम्पुलाई ठक्कर दिंदा गम्भीर घाइते भएका भुजेलको उपचारका क्रमममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र ट्याम्पुसहित दुबै चालकलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ ।

यता झापाको मेचीनगर नगरपालिकामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा स्थानीय पद्मादेवी काफ्ले घाइते भएकी छन् ।

काफ्लेलाई राति ८ बजे मेचीनगर नगरपालिका–१३, चारआली चौकमा मे६प १८८४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । सोही दुर्घटनामा मोटरसाइकलका चालक मेचीनगर नगरपालिका–१०, धुलाबारी बस्ने जाहगीर मोहमद समेत घाइते भएका छन् ।

दुबै घाइतेलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएको छ ।