
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा फोरम नेपालले संविधान संशोधनमा लिखित सहमति गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो ।
बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले राखेका मागमा कुनै सहमति नभएको बताए ।
बैठकपछि फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्तरिक छलफल गरेर पुनः सहमतिको प्रयास जारी रहने बताए ।
सरकारमा सहभागी हुन सहमत भएको फोरमले संविधान संशोधनमा लिखित सम्झौताको माग गरेको थियो ।
तर, एमालेले आवश्यक र औचित्यका आधारमा संशोधन गर्न सकिने भन्दै विषय किटान गरेर सहमति गर्न नहुने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्