Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


भारतीय मालवाहक गाडीमा ओभरलोड नियन्त्रण भएन, राजश्वमासमेत ठगी


0
Shares

कर्मचारीको मिलोमतोमा देशको प्रमुख राजस्व असुलीको स्रोतका रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले जवाभारीस्थित एक नीजि सिमेन्ट कारखानासँग भारवहन क्षमता नापजाँचका लागि औपचारिकतामात्र निर्वाह गर्दै आएको छ ।

कृष्णनगरस्थित भन्सार नाकाबाट बर्षौदेखि कम परिणामको बिल बनाएर प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा भारतबाट आयातित सामानको राजश्व छली हुँदै आएको रहस्य एकपछि अर्को खुल्दै गएको छ ।

कृष्णनगर भन्सार कार्यालयको मुख्य राजस्व असुलीको स्रोतमा क्लिङ्कर, खरानी, जिप्सम, कोइला र बक्ससाईट आयात हो ।

उता यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारीका लागि १२ चक्के ट्रकको अधिकतम भारवहन क्षमता २१ टन कायम गरेको छ । जवकी सिमास्थित भन्सार नाकाबाट औद्योगीक क्षेत्रको १५ किलोमिटरसम्म ठुला मेशीनरी सामान बाहेक अन्य सामान ओभरलोड गर्न नपाउने भए पनि कतैबाट सुनुवाइ भएको छैन । तर कृष्णनगर नाकाबाट भैरहवाको सिमेन्ट फ्याक्ट्रीका लागि कच्चा पदार्थ क्लिङ्कर लिएर आएका भारतीय सयौं १२ चक्के ट्रकले भन्सारका अधिकारीको मिलेमतोमा २० टनको बिल देखाएर भारवाहन क्षमताको दोब्बर ४० टनभन्दा बढी कच्चा पदार्थ नेपाल भित्र्याए पनि राजश्व भने २० टनकोमात्रै तिर्ने गरेका छन् ।

कपिलवस्तुको मुख्य भन्सार कार्यालय कृष्णनगरसहित जिल्लामा पाँच वटा भन्सार सञ्चालनमा छन् ।