Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा नयाँ ढंगबाट सन्चालन गर्नुपर्छ : मन्त्री यादव


0
Shares

होली पर्वका अवसरमा सिरहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा कर्मचारी र नेताहरुलाई तलब–भत्ता खुवाउने संस्थाकारुपमामात्र सीमित भएकाले ती संस्था नयाँ ढंगबाट सन्चालन गर्नुपर्ने बताए ।

अबका दिनमा सरकारी लगानीका उद्योगलाई अझै विकसित गर्दै यसलाई कर्मचारी पाल्नेभन्दा पनि देश विकासमा टेवा पुर्‍याउने ढंगले विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री यादवले त्यसका लागि आफ्नै कच्चापदार्थ उत्पादनमा जोड दिनुपर्ने बताए ।

मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव, भरत साहले होलीको शुभकामना व्यक्त गरे । रासस