२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–७ स्तरीय कुकुर शाखा उद्घाटन


0
Shares

प्रदेश नम्बर–७ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक माधव नेपालले सो शाखाको उद्घाटन गरेका हुन् ।

कुकुर शाखामा ६ ओटा कुकुर राख्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । अहिले भने चारओटा कुकुरमात्रै शाखामा राखिएका छन् ।

शाखामा राखिएका कुकुरहरुमध्ये एक ‘राजा’ नामको ‘ल्याब्रोडोर’ भाले कुकुर रहेको छ । राजा विस्फोटक पदार्थको विषयमा अनुसन्धान गर्न दख्खल राख्छ ।

त्यसैगरी, ‘फूमा’ नामको ‘जर्मन सेफर्ड’ पोथी कुकुर राखिएको छ, जुन विस्फोटक पदार्थको अनुसन्धानमा अनुभवी मानिन्छ ।

शाखामा ‘फुच्चे’ नामको ‘ल्याकाडोर’ प्रजातिको भाले कुकुर राखिएको छ । यो कुकुरले लागुपर्दाथको अनुसन्धान गर्ने गर्दछ ।

यस्तै, ‘तुफान’ नामको ‘जर्मन सेफर्ड’ पोथी कुकुर राखिएको छ, जसले ‘ट्रयाकर’हरुकाबारेमा अनुसन्धान गर्न सहयोग पुग्ने जनाइएको छ ।

कुकुरहरु राख्नका लागि छुट्टै भवनको व्यवस्था गरिएको छ भने तालिमप्राप्त प्रहरी कर्मचारीहरुसमेत राखिएका छन् ।

यो प्रदेशमा हुने अपराध अनुसन्धानमा कुकुरको प्रयोगले सहयोग पुग्ने प्रदेश प्रहरी प्रमुख नेपालले विश्वास व्यक्त गरे ।