६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


एसिया प्रशान्त सम्मेलन काठमाडौंमा सुरुः प्रधानमन्त्री ओलीले के भने ?


0
Shares

काठमाडौं । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा एसिया प्रशान्त सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका उच्चस्तरीय राजनेता तथा प्रतिनिधि सहभागी छन् ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता सम्मेलनले विश्वमा शान्ति कायम गर्न सहयोग पुग्ने बताए ।

उनले विश्वका धेरै मुलुकका साझा चिन्ता समाधान गर्न सम्मेलनले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनको मुख्य विषय ‘विश्वका गम्भीर चुनौतीहरुमाथि सम्बोधन: अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता’ रहेको छ ।

सम्मेलनमा विभिन्न सत्रहरुमा गरिबी, आतंकवाद, विकास, सुशासन र सांसदहरुको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिका, विश्वव्यापी शान्ति प्रक्रिया र शान्ति परियोजनालगायतका विषयमा छलफल हुने छ ।

विश्वका जल्दाबल्दा मुद्दा समाधान गर्न नविन सोच, सिर्जनशील, दूरदृष्टि राख्ने र साहसी नेतृत्वको आवश्यकता जस्ता विषयमा पनि बहस हुन आयोजक संस्था युनिभर्सल पिस फेडेरेसनले जनाएको छ ।