
बिहीबार बिहान हरिसिद्धि देवीको मूर्तिमा बलि दिएपछि हरिसिद्धि देवीको गण नाच देखाइएको थियो ।
प्रत्येक वर्ष योमरी पूर्णिमा र फागुपूर्णिमामा हरिसिद्धि देवीको नाच सर्वसाधारणलाई देखाउने चलन रहेको छ ।
नाचको अन्तिममा किचिकिन्दा नरेश वालीलाई मार्न रामले त्रिशक्ति देवी हरिसिद्धिको तान्त्रिक साधना गरेपछि सफलता मिलेको देखाइन्छ ।
प्रत्येक १२ वर्षमा गोदावरी तान्त्रिक साधना गरी पशुपतिको शिवलिंगमासमेत तान्त्रिक पूजा गरी उपत्यकाका विभिन्न स्थानमा नाच प्रस्तुत् गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्