Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


४७ कम्पनीले १० अर्ब बढी बोनस दिने


0
Shares

नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको सेयर बोनसबापत सेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

चालू आर्थिक वर्षको सुरुदेखि हालसम्म बोर्डमा बोनस सेयर घोषणा गर्दै जानकारी गराउनेक्रमसमेत बढेको बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार ८ ओटा विकास बैंक, पाँच फाइनान्स, ९ माइक्रो फाइनान्स, ६ वाणिज्य बैंक, दुई होटल, चार जलविद्युत् कम्पनी र दुई अन्य समूहका उद्योग तथा प्रतिष्ठानले बोनस सेयर उपलब्ध गराउने घोषणा गरेका छन् ।

आव २०७३/७४ मा गरेको नाफाका आधारमा ती संस्थाले सेयरधनीलाई बोनस उपलब्ध गराउने घोषणा गर्दै नियमक निकायलाई जानकारी गराएका हुन् ।

बोनस घोषणा गर्नेमा सबैभन्दा अग्रस्थानमा राष्ट्रिय बिमा संस्थान कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले सेयरधनीलाई ११४ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

सांग्रिला विकास बैंकले १६ प्रतिशत, भार्गव विकास बैंकले २०, मिसन डेभलपमेन्ट बैंकले ११, वेस्टर्नले १०, काबेलीले २०, एक्सेलले ३० तथा कालिकाले १० प्रतिशत बोनस बाँड्ने घोषणा गरेका छन् ।

मेगा बैंकसँग एकीकृत भएको टुरिजम डेभलपमेन्ट बैंकले बोनस घोषणा गरेपनि उपलब्ध गराएन ।

यस्तै, वाणिज्य बैंकहरुमा नबिल बैंकले ३० प्रतिशत तथा लक्ष्मी र ग्लोबल आइएमई बैंकले समान १० प्रतिशत बोनस दिने घोषणा गरेका छन् ।

सानिमा बैंकले १६ प्रतिशत, एनआइसी एसियाले २० र लक्ष्मी बैंकले १८.२९ प्रतिशत बोनस दिने घोषणा गरेका छन् । लक्ष्मी बैंकले अघिल्लो आवकोसमेत बोनस उपलब्ध गराउने घोषणा गरेको हो ।

यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले बोनस उपलब्ध गराउने जानकारी गराएपनि कति प्रतिशत बोनस दिने उल्लेख गरेको छैन ।

आइसीएफसी फाइनान्सले २० प्रतिशत, सेती फाइनान्सले ९, मल्टीपर्पोज फाइनान्सले अघिल्लो आवको १२ तथा आव २०७३/७४ को नाफाबाट १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेको छ ।

यसैगरी, स्वरोजगार लघुवित्तीय विकास बैंकले १६.६६ प्रतिशत, लक्ष्मी लघुवित्तले १०, ग्लोबल आइएमई लघुवित्तीय संस्थाले २०, छिमेकी लघुवित्तीय संस्थाले १९.८९, मेरो माइक्रो फाइनान्सले ३०, नवउत्थान सामुदायिक लघुवित्तीय संस्थाको २०, कालिका माइक्रो क्रेडिटले ६५ तथा फस्ट माइक्रो फाइनान्सले १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।

जलविद्युत्तर्फ ङादी जलविद्युत् कम्पनीले १० प्रतिशत, अरुण भ्याली हाइड्रोपावर कम्पनीले १०, बरुण हाइड्रोपावरले पाँच र चिलिमे जलविद्युत् कम्पनीले १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।

होटलतर्फ ओरियन्टल होटलले १८ प्रतिशत र सोल्टीले १५ प्रतिशत बोनस आफ्ना सेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

अन्य समूहमा रहेका नागरिक लगानी कोषले २१ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।

बिमा समूहमा भने लाइफ इन्स्योरेन्स कम्पनीले २४ प्रतिशत, गुराँस लाइफले ८, नेसनल लाइफ इन्स्योरेन्सले पाँच, राष्ट्रिय बिमा संस्थानले ११४, नेपाल इन्स्योरेन्स कम्पनीले पाँच, प्राइम लाइफले २५, नेको इन्स्योरेन्सले १०, प्रभु इन्स्योरेन्सले १९, सूर्य लाइफले १०, सिद्धार्थ इन्स्योरेन्सले २० तथा फ्रडेन्टियल इन्स्योरेन्सले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।