Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


दोस्रो वर्षदेखि दोहोरो अंकको आर्थिक वृद्धि : प्रधानमन्त्री


0
Shares

आर्थिक वृद्धि दोहोरो अंकको भएरमात्रै नहुने भन्दै उनले स्थीरसमेत हुने बताए ।

बधाइ तथा शुभकामना दिन बिहीबार बालुवाटर पुगेको नेपाल चेम्बर अफ कमर्सको टोलीसँग प्रधानमन्त्री ओलीले दोहोरो अंकको आर्थिक वृद्धिका लागि निजी क्षेत्रको शुभेच्छा भएरमात्रै नहुने भन्दै सोहीअनुसार काम गर्न पनि आग्रह गरे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चेम्बरले दिएको सुझावमध्ये तत्काल गर्नसकिने कामहरु तत्काल गर्ने र गर्नु नपर्ने काम नगर्ने स्पस्ट पारे ।

यस्तै, चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी दशक दोहोरो अंकको आर्थिक वृद्धिको दशक हुनुपर्ने बताए ।

उच्च अंकको आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

चेम्बरले २३ पृष्ठ लामो सुझाव प्रतिवेदन बुझाएको छ ।

कृषि, ऊर्जा, पर्यटन, व्यवसायिक लागत घटाउने, कानुनी शासनको प्रत्याभूति, औद्योगिक विकास तथा विदेशी लगानीलगायतका बुँदाहरु सुझाव प्रतिवेदनमा समेटिएका छन् ।

Skip This