
आगामी दुई वर्षभित्र यो सडकखन्डलाई कालोपत्रे गरिसक्नुपर्ने भएकाले हाँसिवाङदेखि चौरजहारीसम्मको ३४ किलोमिटर सडकखन्ड विस्तार गर्न थालिएको हो ।
गत जेठदेखि नै सडक विस्तारको काम सुरु गर्ने भनिएपनि वर्षायाम र विभिन्न चुनाव परेकाले हुन सकेको थिएन ।
सडक विस्तार सुरु भएसँगै स्थानीय ६०० भन्दा बढी मजदुरले रोजगारी पाएका छन् ।
दुई वर्षभित्रै ३४ किलोमिटर ‘ओटासिल’ हुने गरी सडकखन्डको काम सुरु भएपछि यो क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।
सडकखन्ड निर्माण तथा विस्तारको जिम्मा दिवा एन्ड चन्द्र वसन्त जेभी कन्स्ट्रक्सन कम्पनीले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्