
मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ ।
माध्यमिकी परिक्रमाको अन्तिम दिन शुक्रबार लाखौं श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी शनिबार मनाइने भएको हो ।
१५ दिने परिक्रमा नेपालको १०८ किलोमिटर तथा भारतको २७ किलोमिटर पैदलयात्रामा लाखौं साधु–सन्त, गृहस्थ तथा श्रद्धालुको सहभागिता थियो ।
मिथिला माध्यमिकी परिक्रमालाई नेपाल–भारतको सांस्कृतिक सेतु पनि मानिएको छ ।
सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी दुई चिरामा विभाजित गरेपनि नेपाल र भारतमैत्रीको प्रतीक मिथिला परिक्रमामा भने कुनै आँच आएको छैन ।
यो धार्मिक यात्राबाट सतकर्म, पाप तथा अन्य कष्टबाट मुक्ति पाउनाका साथै मनोकाञ्छित फल प्राप्त हुने जनविश्वास छ । रासस
प्रतिक्रिया दिनुहोस्