२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नुहाउनेक्रममा टिपरचालक नदीमा बेपत्ता


0
Shares

खोटाङको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम गरिरहेको सिद्धिसाई कन्ट्रक्सनमा कार्यरत् सुनसरीको इटहरी उपमहानगरपालिका–२ का टिफरचालक रामबहादुर बुढाथोकी नदीमा बेपत्ता भएका हुन् ।

बुढाथोकी खोटाङको दिप्रुङ–चुइचुम्मा गाउँपालिका–४, बतासेस्थित साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।

बुढाथोकी बालुवा लिनका लागि नदीमा पुगेकाबेला नुहाउनेक्रममा चिप्लिएर बेपत्ता भएको जनाइएको छ ।