२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


स्कार्पियो गाडीभित्र शव भेटियो


0
Shares

घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

गाडीभित्र फेलापरेको शव मोरङ, उर्लाबारीका सनम शाक्यको भएको प्रहरीले जनाएको छ ।

विराटनगर–३ को दुर्गाचोकनजिकै गोधुलीमार्गमा बा१२च ५९६३ नम्बरको स्कार्पियो गाडीभित्र शव फेलापरेको हो ।

घटनामा संलग्न भएको आशंकामा गाडीचालकसहित तीनजना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।