
शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै सशस्त्रले उपाधि उचालेको हो ।
उपाधिसँगै सशस्त्रले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टारले २ लाख ५० हजारमा चित्त बुझायो ।
सशस्त्रको जितमा विकु लामा नायक बने । उनले खेल सुरु भएको चौथो मिनेटमै गरेको आकर्षक गोल नै खेलमा निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले १० हजार रुपैयाँ पाए ।
सशस्त्रका रमेश दंगालले ‘म्यान अफ दी टुर्नामेन्ट’ घोषित हुँदै ५० हजार पाए । ‘फेयर प्ले अवार्ड’ घरेलु टोली नारायणगढ फुटबल क्लबले हासिल गर्यो ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्