१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ मा


0
Shares

पोखरा, मंसिर १४ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको १३औं संस्करण आगामी फागुन ७ गते हुने भएको छ ।

आयोजक भूतपूर्व खेलाडी मन्च नेपालले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारेमा जानकारी गराएको हो ।

प्रतियोगितालाई सुजल डेरीले साथ दिने भएको छ । पुरस्कार राशी पनि बढाइएको छ  ।

यो वर्षको विजेता धावकले नगद एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले ७० र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । गत वर्ष विजेताले ६० हजार, उपविजेताले ४० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाएका थिए ।

म्याराथन सन्चालनका लागि मञ्च र डेरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले खेलकुदको माध्यमबाट पोखरा चिनाउनका लागि म्याराथनलाई डेरीले साथ दिएको बताए ।

भूतपूर्व खेलाडी मन्चका अध्यक्ष तेजबहादुर गुरुङले यो प्रतियोगिताले पोखराको गरिमा र महत्व बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।