२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नयाँ शक्ति पार्टीद्वारा १७ सदस्यीय सचिवालय गठन, यस्तो छ महाधिवेशन आयोजक समितिको निर्णय


0
Shares

त्यस्तै नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती, रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर, हिसिला यमी र संरक्षक परिषद्को संयोजक पनि सचिवालयमा छन् ।

हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठक (फाल्गुण ९–१२) द्वारा पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठक फागुन १९ र २० गते पार्टी संयोजक डा. भट्टराईको अध्यक्षतामा काठमाडौंमा बसेको थियो । बैठकका निर्णय सोमबार विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

बैठकले प्रादेशिक इन्चार्ज र संयोजकको जिम्मेवारी पनि तय गरेको छ । जसअनुसार, प्रदेश १ मा राजेन्द्रकुमार किराँतीलाई प्रादेशिक इन्चार्ज र देवराज भण्डारीलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा रामरिझन यादवलाई इन्चार्ज र सुशील यादवलाई संयोजक, प्रदेश ३ मा गंगानारायण श्रेष्ठ इन्चार्ज र सोनामसिं स्याङतान संयोजक, प्रदेश ४ मा रुद्रबहादुर गुरुङ्ग इन्चार्ज र देवीप्रसाद सुवेदी संयोजक प्रदेश ५ मा नवराज सुवेदी इन्चार्ज र दानबहादुर चौधरी संयोजक प्रदेश कर्णालीमा सरुण बाठा मगर इन्चार्ज र रामबहादुर बोहरा संयोजक र प्रदेश ७ मा कृष्णकुमार चौधरी इन्चार्ज र प्रकाशबहादुर साउद संयोजक छन् ।

त्यस्तै प्रवास इन्चार्जमा हिसिला यमी र संयोजकमा धनबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।

बैठकले प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी राजु नेपाललाई दिने निर्णय गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै परशुराम खापुङ संयोजक रहने गरी अनुगमन तथा मूल्यांकन विभाग, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा. राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको छ ।

अनुशासन तथा सदाचार आयोगको प्रमुख आयुक्तमा महेन्द्र श्रेष्ठ, निर्वाचन आयोगको प्रमुख आयुक्तमा कृष्णप्रसाद शर्मा र लेखापरीक्षण आयोगको प्रमुख आयुक्तमा वीके मान सिंह नियुक्त भएको पनि बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

आंगिक संगठन, पेशागत संगठन, विशेष संयन्त्रका फ्र्याक्सन इञ्चार्जहरु तोकिएको छ । आंगिक संगठनको संयोजकको जिम्मा कल्पना धमलालाई दिइएको छ । त्यसैगरी सम्पर्क संयन्त्रको इञ्चार्ज ईश्वर रिजाल र राष्ट्रिय मामिला संयन्त्रको जिम्मेवारी पञ्चलाल महर्जनलाई दिइएको सो पार्टीले जनाएको छ ।

चैत्र ५ गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत्र ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत्र १० गते प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त भेला नेपालगञ्जमा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

संघीय तथा प्रादेशिक संसदमा पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, पार्टीले विजय हासिल गरेको गाउँपालिका र वडाहरुमा नमुना विकास कार्यक्रम लागू गर्ने र अन्य सबै स्थानीय तहमा निगरानी समूहका रुपमा ‘वैकल्पिक सरकार’ गठन गरी सूचनाको हक र जनसरोकारको सवालमा जनपरिचालन गर्ने निर्णय गरिएको सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागका प्रमुख विश्वदीप पाण्डेले जनाएका छन् ।

वर्ष २०७५ लाई पार्टीको महाधिवेशन वर्ष बनाउने र सो अनुसार भाद्र र असोजमा स्थानीय तहको सम्मेलन, मंसिर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।