२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संघीय समाजवादी फोरम सरकारमा जाने


0
Shares

काठमाडौं, फागुन २२ । संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने निर्णय गरेको छ ।

फोरमको आज बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

संविधान संशोधन गर्न वाम गठबन्धन सहमत भएको भन्दै बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

फोरमका नेताहरुले आजै वाम गठबन्धनसँग सहमति गर्ने बताएका छन् ।

सरकारमा सहभागिताका विषयमा वामगठबन्धन र फोरमबीच यसअघि पनि पटकपटक वार्ता भएका थिए ।

तर मन्त्रालय भागबण्डा नमिलेका कारण सहमतिको प्रयास सार्थक हुन सकेको थिएन ।

वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।