
युवा लेखक नरेश बमद्वारा लिखित पुस्तक ‘सवल’को बुधबार राजधानीमा विमोचन गर्दै उनले संघीय नेपाल अवसर र चुनौतीपूर्ण दुवै रहेको बताए ।
‘प्रधानमन्त्री ओलीजीले संघीयताकाबारेमा अझै केही शंका गरेकोजस्तो देखिन्छ, यो राम्रो होइन । मोहनविक्रम सिंहले यो व्यवस्था फस्टाउँदैन भन्नुभएको छ । कानुनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ । पाँच वर्षपछि उहाँहरुको भनाइले व्यवहारिकता नपाओस्’–उनले भने ।
संघीय व्यवस्थाकाविरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले कुनै शंका–उपशंका गर्न नपाउने उनको भनाइ थियो ।
उनले भने–‘संघीय व्यवस्थाको विरोध गर्ने छुट प्रधानमन्त्री ओलीलाई छैन ।’
‘सवल’
कालिकोट स्थायी घर भएका लेखक बमको ‘सवल’ विमोचनपछि नेता थापाले पुस्तक लेख्नका लागि आँट चाहिने बताए ।
‘पुस्तक लेख्न आँट चाहिन्छ । म पनि अलि–अलि लेखपढ गर्छु । तर, मैले आँट गर्नसकेको छैन’–उनले भने–‘नरेशजीले युवा उमेरमै पुस्तक लेख्नुभयो । उहाँ जनप्रतिनिधि पनि हुनुहुन्छ । युवाहरुले राजनीतिसँगसँगै परोपकारी कार्यहरु जारी राख्नुपर्छ, त्यसो गर्दा राजनीतिक यात्रा अर्थपूर्ण बन्छ ।’
उनले पुस्तकमा भएका गल्तीहरुलाई सच्याउँदै आगामी दिनमा सशक्त लेखनमा उत्रन सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्