२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कैलाली कारागारमा रहेका रेशम चौधरीसहित २४ कैदीबन्दीको जीवनरक्षाका लागि आयोगको आग्रह


0
Shares

आयोगका सचिव वेद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मागहरू राखी आमरण अनशनमा बसेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मागको सम्बोधन गर्न आग्रह गरेको उल्लेख छ ।

आयोगका सदस्य प्रकाश शर्मा वस्तीसहितको टोलीले बुधबार अनुगमन गरी सो मागका बारेमा सम्बोधन गर्न सरकारलाई पत्राचारसमेत गरेको छ ।

आफ्ना माग पूरा गर्ने सन्दर्भमा आमरण अनशनजस्तो संवेदनशील बाटो नरोज्न एवं आमरण अनशन स्थगन गरी विरोधको अन्य बाटो अवलम्बन गर्न आयोगले अनशनरत पक्षलाई आग्रह गरेको छ । (रासस)