
बिराज रोस्यारा (इमेज)
कैलाली, मंसिर १३ । डडेल्धुराको रडुवाखोलामा भएको यात्रीबस दुर्घटनामा घाइते भएकाहरूको उपचारमा आर्थिक समस्या देखिएको छ ।
धनगढीमा उपचार गराइरहेका घाइतेका आफन्तले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताएका छन् ।
सुरुका दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित नेताहरूले उपचारमा सहयोग गर्ने आश्वासन दिएपनि अहिलेसम्म आफ्नै पैसाले उपचार गराइरहेको उनीहरुको गुनासो छ ।
यही मंसिर ६ गते डडेल्धुरा, रडुवाखोलामा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । २७ जना घाइते भएका थिए ।
घाइतेहरुलाई जापानमा अध्ययनरत् विद्यार्थीहरुले २० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।
प्रदेश सरकार, विभिन्न दलका नेता, सांसदहरुले घाइतेरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेपनि अहिलेसम्म सहयोग दिएका छैनन् ।
घाइतेहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्