६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


एसिया प्यासिफिक सम्मेलनः आङसाङ सुची र हुन सेन काठमाडौं आइपुगे


0
Shares

काठमाडौं । काठमाडौंमा यही मंसिर १४ देखि १७ गतेसम्म आयोजना हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु नेपाल आउने क्रम सुरु भएको छ ।

यसैक्रममा म्यान्मारको राज्य परिषदकी सदस्य तथा विदेशमन्त्री आङसाङ सुची काठमाडौं आइपुगेकी छिन् ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

यसैगरी कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं उत्रिएका छन् । उनलाई पनि रक्षामन्त्री पोखरेलले स्वागत गरेका थिए ।

सम्मेलनमा आउने विशिष्ठ पाहुनाको सुरक्षालाई ध्यान दिइ उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।

यता विशिष्ठ अतिथिहरुको आगमनको व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको नियमित तालिका प्रभावित हुने भएको छ ।